नेपालमा ‘कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो  « Khabarhub

नेपालमा ‘कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो 


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी थप गरिएको छ ।

‘कोरोना भाइरस’ नेपालमा पनि फैलनसक्ने जोखिम बढेपछि विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको हो ।

हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण शुरु गरेको थियो । यस भाइरसका कारण चीनमा हालसम्म २५ जनाको ज्यान गइसकेको छ ।

अहिले चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेका कारण यसको जोखिम बढ्न सक्ने भन्दै विमानस्थलको हेल्थ डेक्सलाई थप सक्रिय बनाइएको हो ।

हाल कोरोनाभाइरस चीन, जापान, कोरिया, थाइल्यान्ड लगायतमका मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ०९ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच