सञ्चारविहीन हुँदा जुम्लाका विद्यार्थीलाई लोकसेवाको फारम भर्न समस्या « Khabarhub

सञ्चारविहीन हुँदा जुम्लाका विद्यार्थीलाई लोकसेवाको फारम भर्न समस्या


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदको अनलाईन फारम भर्न समस्या भएको छ ।

एक हप्ता अगाडि कालीकोटको भत्तास्थित स्तम्भमा खराबी आएपछि जुम्ला सञ्चारविहीन बनेको हो । आज दिउँसो १२ बजे सञ्चार आए पनि अनलाइनद्वारा गरिने काम राम्रोसँग हुन नसकेको जुम्लास्थित लोकसेवा आयोग तथा अन्य सरकारी कार्यालयको राजश्व दाखिलाको काम गर्दै आएका सन्राइज सइबरका सञ्चालक रवीन्द्र नेपालीले बताए ।

लोकसेवा आयोगले भर्खरै खुलाएको नायब सुब्बा र राष्ट्रिय अनुसन्धान आयोगको सूचक पदमा अनलाइन फर्म भर्न दिनहुँ ३०० देखि ७०० युवायुवती दिनभर लाइन बसे पनि नेटले राम्रोसँग काम नगर्दा फर्म कसरी भर्ने भन्ने चित्ता रहेको नायब सुब्बा पदको फर्म भर्न आएका २४ वर्षीया सुजन शाहीले बताए ।

सञ्चार सेवा बन्द भएका कारण यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको छ ।

नेपाल टेलिकम शाखा जुम्लाले मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको जनाएको छ । सेवा सञ्चालनका लागि बिहीबार देखिनै प्राविधिक टोली कालीकोटको भत्तामा पुगेर काम गरिरहेको सो शाखाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ९ : १३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको