सञ्चारविहीन हुँदा जुम्लाका विद्यार्थीलाई लोकसेवाको फारम भर्न समस्या « Khabarhub

सञ्चारविहीन हुँदा जुम्लाका विद्यार्थीलाई लोकसेवाको फारम भर्न समस्या


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सञ्चारविहीन हुँदा जुम्लाका सयौँ विद्यार्थीलाई लोकसेवा आयोगको नायव सुब्बा र अनुसन्धान सूचक पदको अनलाईन फारम भर्न समस्या भएको छ ।

एक हप्ता अगाडि कालीकोटको भत्तास्थित स्तम्भमा खराबी आएपछि जुम्ला सञ्चारविहीन बनेको हो । आज दिउँसो १२ बजे सञ्चार आए पनि अनलाइनद्वारा गरिने काम राम्रोसँग हुन नसकेको जुम्लास्थित लोकसेवा आयोग तथा अन्य सरकारी कार्यालयको राजश्व दाखिलाको काम गर्दै आएका सन्राइज सइबरका सञ्चालक रवीन्द्र नेपालीले बताए ।

लोकसेवा आयोगले भर्खरै खुलाएको नायब सुब्बा र राष्ट्रिय अनुसन्धान आयोगको सूचक पदमा अनलाइन फर्म भर्न दिनहुँ ३०० देखि ७०० युवायुवती दिनभर लाइन बसे पनि नेटले राम्रोसँग काम नगर्दा फर्म कसरी भर्ने भन्ने चित्ता रहेको नायब सुब्बा पदको फर्म भर्न आएका २४ वर्षीया सुजन शाहीले बताए ।

सञ्चार सेवा बन्द भएका कारण यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको छ ।

नेपाल टेलिकम शाखा जुम्लाले मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको जनाएको छ । सेवा सञ्चालनका लागि बिहीबार देखिनै प्राविधिक टोली कालीकोटको भत्तामा पुगेर काम गरिरहेको सो शाखाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ९ : १३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि