नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं : मन्त्री बाँस्कोटा


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताएका छन् ।

नगरकोटमा शुक्रबारदेखि शुरु भएको तीनदिने दोस्रो नगरकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नभए सार्वजनिक खरिद ऐनअनुसार असुलउपर गरी क्षतिपूर्ति भराइने बताए ।

मन्त्री बाँस्कोटाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए पनि वर्तमान सरकारले बनाउनेतर्फ लागेको चर्चा गर्दै एउटा घर बनाउने कुरा नभई देश बनाउने कुरा भएकाले केही समय ढिला हुँदा आत्तिन नहुने भनाइ बताए ।

विकासको गतिलाई वर्तमान सरकारले तीव्र रूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले देश सङ्घीय संरचनामा गएकाले विकासको गति पनि क्रमिक रूपमा अगाडि बढ्दै गएको बताए ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न नगरकोट–नाल्दुल पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रममा उनले नेपाल भ्रष्टाचारको सूचाङ्कमा घट्दै जानु सकारात्मक रहेको बताए ।

प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र कृष्णलाल भँडेलले भक्तपुर–नगरकोट सडक विस्तार कार्य ढिलाइ हुँदा जनतामा नकारात्मक असर परेको बताए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०५ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग