ए डिभिजन लिगमा आज आर्मी र एनआरटी तथा संकटा र फ्रेण्ड्स भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज आर्मी र एनआरटी तथा संकटा र फ्रेण्ड्स भिड्दै


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुदैछन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्दैछन । दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन ।

लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने एनआरटी ११ अंक सहित छैटौं स्थानमा रहेको छ । यस्तै संकटा लिगको ७ खेलमा ९ अंकसहित नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स ८ अंक सहित १२ औं स्थानमा रहेको छ ।

आठौं चरणको खेल समाप्त हुन अघि आर्मी लिगमा शीर्ष स्थानमै कायम राख्ने दाउमा छ भने एनआरटी आर्मीलाई हराउँदै शीर्ष स्थानमा आफ्नो पनि होड कायमै राख्न चाहान्छ । खेल दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ ।

यस्तै संकटा र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुई/दुई खेलमा जित निकालेको संकटा र फ्रेन्ड्स तेस्रो जितको खोजीमा छन् । शनिबारको जितले संकटा शीर्ष ६ मा उक्लने छ भने फ्रेन्ड्स शीर्ष ८ भित्र रहनेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३० बजे

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको