प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम « Khabarhub

प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो । हरियो र नीलो दुई थरिका स्टिकर घर घरमा टाँसियो ।

नगरपालिकाका ४, ५, ६ र ७ का वडाका करिब दुई हजार घरधुरीमा सरसफाइको स्टिकर टाँसिएयो । यसको नियमित अनुगमन मूल्याङ्कन नहुँदा यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरिएको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रामपुर नगरपालिकासँग साझेदारी गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । यसको लागि परियोजनाले दुई कर्मचारी राखेको थियो । परियोजनाको कार्यक्रम अवधि सकिएपछि यसले निरन्तरता पाउन सकेन ।

नगरपालिकाले थोरै बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिन सक्ने भए पनि यसप्रति बेवास्ता गरेकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको स्थानीय बताउँछन् ।

घरघरमा पूर्ण सरसफाइ र आंशिक सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँसेपछि नगरपालिकाले अनुगमन र निगरानी बेला बेलामा गर्नुपर्ने स्थानीय मनिराज तिवारी बताउँछन् ।

परियोजनाले नगरपालिका–६ को विजयपुर बजार र रामपुर अस्पतालमा एक/एक शौचालय निर्माण गरिदिएको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए । परियोजनाबाट १३ लाख र नगरपालिकाको १३ लाखमा शौचालय निर्माण गरिएको हो ।

“स्टिकर टाँसिएपछि केही समय अनुगमन गरियो, अवधि सकिएपछि निगरानी नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेन”, उनले भने ।

घरभित्र र घर वरिपरि निस्कने फोहोरजन्य पदार्थले विभिन्न किसिमका रोग मानिसमा निम्त्याउने हुँदा नियमित सरसफाइमा ध्यान दिन सचेत गराउँदै स्टिकर टाँस्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

हरियोले सरसफाइ पूर्ण र नीलोले सरसफाई पूर्ण नभएको सङ्केत जनाउने स्टिकर घरघरमा टाँसिएको छ । कतिपय स्थानमा पूर्ण सरसफाइ नभएको ठाउँमा नीलो स्टिकर टाँस्ने काम भएको स्थानीय सरस्वती सोमैले बताए ।

“स्टिकर टाँस्न आउँदा एक/एक महिनामा नगरपालिकाले अनुगमन गर्नेछ भनिएको थियो, स्टिकर टाँसेको दुई वर्ष बितिसक्यो अहिलेसम्म अनुगमनमा कोही आएको छैन”, उनले भने।

व्यक्तिगत सरसफाइ, सफा र स्वच्छ घर आँगन, सुरक्षित खाना, सुरक्षित पानी, चर्पीको नियमित प्रयोगजस्ता पाँच सूचक पूरा भएको घरघरमा पूर्ण सरसफाइको सङ्केत जनाउने हरियो स्टिकर टाँसिएको परियोजनाका तत्कालीन कर्मचारी गीता पौडेलले बताइन । नगरपालिकाले अनुगमन र निरन्तरता दिन नसक्दा कार्यक्रमले प्रतिफल दिन नसकेको पौडेलको भनाइ थियो ।

सामाजिक परिचालक, नगर स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधिलगायतले घर आँगन, घरभित्रको अवस्था, शौचालयको अवस्था आदिको अवलोकन गरेर मात्र हरियो र नीलो स्टिकर टाँस गरिएको हो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर