गर्भवतीलाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिइने « Khabarhub

गर्भवतीलाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिइने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पुर्‍याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिए ।

कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको बताइएको छ ।

“प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।

आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको दाहालको भनाइ छ ।

गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ३८ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा