शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्छ : मन्त्री पोखरेल « Khabarhub

शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्छ : मन्त्री पोखरेल


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताएका छन् ।

कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७औँ व्यवस्थापन समीक्षा गोष्ठीमा शनिवार उनले सीपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकारले प्राविधिक शिक्षा ऐन ल्याउने जानकारी दिए ।

“सबैको लागि सीप भन्ने शिक्षाको अवधारणा रहेको छ । त्यस कारण प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सीप व्यवहारमा लागू भएमा समृद्धि हुन्छ”, मन्त्री पोखरेलले भने“प्राविधिक धारको शिक्षाको योग्यता निर्धारणका लागि सरकारले राष्ट्रिय शिक्षा पेशागत अभियान चलाउने योजनामा रहेको छ । यसको खाका बनाई कार्य अगाडि बढाइसकेको छ ।”

सरकारले ‘एक तह एक’ नमूना प्राविधिक शिक्षालयको अवधारणा राख्दै अहिले ६०४ वटा तहमा प्राविधिक शिक्षालय विस्तार गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद डा रणबहादुर रावलले टीकापुरलाई शैक्षिक नगरीका रुपमा विकास गर्न जोड दिए ।

प्रदेश सांसद रतन थापाले सीप र ज्ञानलाई व्यवहारमा लागू गर्ने खालको शिक्षाको आवश्यकता बढ्दै गएकाले यसले सफलता र समृद्ध हुन सघाउने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राविधिक शिक्षाको हेर्ने काम स्थानीय र प्रदेश सरकारको रहेकाले प्राविधिक शिक्षालय गाभिन धेरै विधाको शिक्षामा जोड दिन आग्रह गरे ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ४८ बजे

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल