यसकारण जुट्यो दुई निर्माता संघबीच सहमति « Khabarhub

यसकारण जुट्यो दुई निर्माता संघबीच सहमति


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र निर्माताहरुका दुई संघबीच एकता भएको छ । आकाश अधिकारी नेतृत्वको चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ, नेपालबीच बिहीबार सहमति जुटेको हो ।

निर्माताहरुका हितका लागि गठन भएका दुई संघका मुद्दा एउटै दुई संघबीच सहमति जुटेको चलचित्र निर्माता संघ, नेपालका अध्यक्ष रहेका नवल खड्काले बताए । दुई संघबीच ९ बुँदे सहमति भएको छ ।

‘निर्मातालाई गाह्रो भयो भने हामी मिलौँ भनेर सहमति गरेका हौँ, मैले नै निर्माताका हितका लागि एकता गरौँ भनेर प्रस्ताव लगेको हुँ ।’, निर्माता खड्काले भने ।

दुई संघबीचको सहमति अनुसार खड्काले नेतृत्व गरेको संघको अस्तित्व अब रहने छैन ।

नवल खड्काका अनुसार राष्ट्रिय चलचित्र नीति, बक्स अफिस लागू, विदेशी चलचित्रलाई कोटामा चलाउने लगायतका विषयमा सहमति जुटेपछि दुई संघको एकता भएको हो । विगतमा भएको आर्थिक अनियमिताबारे पनि कुरा मिलेपछि सहमति जुटेको खड्काले बताए ।

‘मैले निर्माताको हितका लागि पद चाहिँदैन भनेर भनेँ, साधारण सदस्य रहेर पनि निर्माताको हितमा काम गर्दैछु ।’, निर्माता खड्काले भने ।

नवल खड्काले वि.सं. २०७३ मा चलचित्र निर्माता संघलाई आर्थिक हिनामिना लगाउँदै नयाँ संघ दर्ता गरेका थिए ।

यस्ता छन् सहमतिका बुँदा:

१. यस सहमति मार्फत नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालबीच ऐतिहासिक एकीकरण सम्पन्न भएको छ । यसलाई आजकै मितिदेखि लागू हुनेगरी बैधानिक्ता प्रदान गरिएको छ ।

२. नेपाल चलचित्र निर्माता संघको मिति २०७५ साल चैत्र २ गते शनिवार सम्पन्न हुने १५औं वार्षिक साधारण सभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिने छ ।

३. चलचित्र निर्माता संघ नेपालले तोेकेको ३ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघको विधान अनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने छ ।साथै, चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को २ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघ विधान अनुसार वरिष्ठ उपाध्यक्ष सहित १ उपाध्यक्ष पदमा मनोनीत गरिने छ ।

४. राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनका लागि प्रतिवद्ध भई पहल गरिनेछ ।

५. बक्स अफिस कार्यान्वयनमा जोड दिइने छ ।

६. चलचित्र निर्माताले सिनेमा भवनबाट ६०% शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने ।

७. चलचित्र निर्माताहरूले भुक्तानी गर्दै आएको सर्वर शुल्क शत प्रतिशत मिनाहा गराउन उचित पहलीकदम चाल्ने ।

८. आजको मितिबाट सम्पूर्ण कामकारवाही नेपाल चलचित्र निर्माता संघको छातामुनी रहने गरी सम्पूर्ण निर्माताहरूलाई गोलबन्द गरिने छ ।

९. नेपाल चलचित्र निर्माता संघको विधानमा भएको व्यवस्थालाई समयानुकूल संशोधन गरिने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : २५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति