नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेना द्वारा निष्क्रिय | Khabarhub Khabarhub

नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेना द्वारा निष्क्रिय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–  विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए ।

बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् ।

नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : ०३ बजे

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल 

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।

बुल्दी खोलामा पुल निर्माण- नौ महिनामा ७५ प्रतिशत प्रगति

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने

पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता

एजेन्सी  – उत्तर पश्चिम पेरुमा एउटा बस नदीमा खस्दा छ

भीम रावल विराटनगर पुग्दा ‘जय देश जय नरेश’ को नारा !

विराटनगर– नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा

अस्पताल भवन समयमै निर्माण नहुँदा स्थानीयलाई सास्ती

दार्चुला– शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा