रुघाखोकी र ज्वरोको औषधि नपाउँदा हुम्लामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

रुघाखोकी र ज्वरोको औषधि नपाउँदा हुम्लामा ५ जनाको मृत्यु


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लामा रुघाखोकी र ज्वरोको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हिमपातका कारण हुम्लामा अत्याधिक चिसोसमेत रहेको छ ।

चंखेली गाउँपालिकामा रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु भएको हमालले बताए ।

‘माघ यता हुम्लामा ५ जनाको मृत्यु भएको छ,  रुघाकोखीको कारणले मृत्यु भएको  भन्ने सुनेका छौं,’ सहायक प्रमूख जिल्ला अधिकारी हमालले खबरहबसँग भने, ‘त्यहाँ पुग्न नै हिँडेर तीन दिन लाग्छ, औषधि नपाएर नै मृत्यु भएको भनेर हामीले केही दिन अघि मात्र जानकारी पाएका हौं ।’

रुघाकोखी तथा ज्वरोको औषधि समेत नपाएर मानिसको मृत्यु भएपपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशलाई पनि औषधि पठाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

चंखेली गाउँपालिकामा रुघाखोकी र भाइरस ज्वरोको संक्रमण बढेपछि जिल्ला सदरमुकामबाट स्वास्थ्यमर्कीको टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : १७ बजे

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको