ओली र प्रचण्डबीचको बैठक सकियो– उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल | Khabarhub Khabarhub

ओली र प्रचण्डबीचको बैठक सकियो– उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफल सकिएको छ ।

दुवै अध्यक्षबीच आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको थियो । दुई अध्यक्षबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ ।

नेकपाले सभामुखको उम्मेदवारका रुपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ । सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन । उपसभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जोड गरिरहेका छन् ।

आइतबार दुई नेताबीच उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ५० बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी