भारतमा विकसित भएको मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना | Khabarhub Khabarhub

भारतमा विकसित भएको मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।

उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् ।

सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले उल्लेख गरे। मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ ।

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि मौसम बदली भइ घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ । देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आइतबार अपराह्नदेखि कुहिरो हटिसकेको मौसमविद् बासीले बताइन् । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियस रहेको छ ।

शनिबार र अघिल्ला केही दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : ०२ बजे

समाजवादी मोर्चाले भन्यो- राजवादीको अराजकता सरकारले नियन्त्रण गरोस्

काठमाडौं – समाजवादी मोर्चा नेपालले राजावादीहरूको प्रदर्शनका नाममा सार्वजनिक तथा

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

म्याग्दी– वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

काठमाडौं – पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाई र

एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड

बुद्धका सन्देशलाई फैलाउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको