कुष्ठ रोगको कहर : प्रदेश २ मा छन् सबैभन्दा बढी बिरामी | Khabarhub Khabarhub

कुष्ठ रोगको कहर : प्रदेश २ मा छन् सबैभन्दा बढी बिरामी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठ रोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।

सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली तथा पहाडी जिल्ला अछाम कुष्ठ रोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।

विगत ९ वर्षको तथ्याङ्क हेर्दा वार्षिक ३ हजारको हाराहारीमा कुष्ठ रोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६७औँ विश्व कुष्ठ रोग दिवसका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा ३ हजार २८२ कुष्ठ रोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइएको छ ।

उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी १ हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७ सय १९, प्रदेश १ मा ४ सय ७१, सुदूरपश्चिम प्रदेशमा २ सय ६६, वाग्मती प्रदेशमा १ सय ६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठ रोगका नयाँ बिरामी पत्ता लागेका हुन् ।

यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या २ हजार ९ सय २१ रहेको महाशाखाअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिए । कुष्ठ रोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या १ लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।

कुष्ठ रोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठ रोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ ।

उपचार नगरेको कुष्ठ रोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताए ।

यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठ रोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन ।

कुष्ठ रोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनर्स्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : १२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले