कांग्रेसले कमण्डलु बोकेर उपसभामुख माग्दैन–नेता रिजाल | Khabarhub Khabarhub

कांग्रेसले कमण्डलु बोकेर उपसभामुख माग्दैन–नेता रिजाल


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले उपसभामुख पदको बार्गेनिङका लागि सभामुखमा उम्मेदवारी नदिएको भनि लगाइएको आरोपको खण्डन गरेका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकमा सभामुख निर्वाचन प्रक्रियामा भाग लिँदै नेता रिजालले उपसभामुखका लागि कांग्रेस कमण्डलु बोकेर नआउने बताए ।

‘संविधानमा लेखिएको विषयको स्वभाविक मर्म र भाव नेकपाले बुझ्ला नबुझ्ला, अथवा बुझेर पनि बुझ पचाउला त्यो उक्त पार्टीको विषय हो तर कांग्रेस कमण्डलु बोकेर माग्दैन । हामीसँग मत पनि छैन’,नेता रिजालले भने ।

विगतमा फरक फरक दल भएको भन्दै गलत गरिएको भन्दै उनले अब त्यो हुन नहुने बताए ।

नेता रिजालले अग्नि सापकोटाको नाम सभामुखका लागि चर्चामा आइरहँदा लोकतन्त्रका लागि सँगै लडेकाहरु कोही अदालत र कोही सडकमा रहेको भन्दै उनीहरुले लोकतन्त्रका लागि विगतमा गरेको बलिदानी भुल्न नहुने बताए । बजारमा उठेका हल्ला शान्त पार्ने विषय सापकोटाका आगामी दिनका व्यवहारले निर्धारण गर्ने उनको भनाइ थियो ।

‘कोही अदालत पुग्नुभएको छ, कोही सडकमा हुनुहुन्छ। बलीदानी दिने साथीहरुलाई हामी बिर्सन सक्दैनौँ । आशंकाहरु छन् । नागरिक समाजका व्यक्तिहरु सडकमा छन् । आम नागरिकले एउटा शंकाको कुरा गर्नुभाछ। त्यसलाई शान्त पार्न सक्नुहुन्छ कि सक्नुहुन्न, भोलि व्यवहारले देखाउनुहोला’, रिजालले भने ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ०० बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार