कांग्रेसले कमण्डलु बोकेर उपसभामुख माग्दैन–नेता रिजाल « Khabarhub

कांग्रेसले कमण्डलु बोकेर उपसभामुख माग्दैन–नेता रिजाल


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले उपसभामुख पदको बार्गेनिङका लागि सभामुखमा उम्मेदवारी नदिएको भनि लगाइएको आरोपको खण्डन गरेका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकमा सभामुख निर्वाचन प्रक्रियामा भाग लिँदै नेता रिजालले उपसभामुखका लागि कांग्रेस कमण्डलु बोकेर नआउने बताए ।

‘संविधानमा लेखिएको विषयको स्वभाविक मर्म र भाव नेकपाले बुझ्ला नबुझ्ला, अथवा बुझेर पनि बुझ पचाउला त्यो उक्त पार्टीको विषय हो तर कांग्रेस कमण्डलु बोकेर माग्दैन । हामीसँग मत पनि छैन’,नेता रिजालले भने ।

विगतमा फरक फरक दल भएको भन्दै गलत गरिएको भन्दै उनले अब त्यो हुन नहुने बताए ।

नेता रिजालले अग्नि सापकोटाको नाम सभामुखका लागि चर्चामा आइरहँदा लोकतन्त्रका लागि सँगै लडेकाहरु कोही अदालत र कोही सडकमा रहेको भन्दै उनीहरुले लोकतन्त्रका लागि विगतमा गरेको बलिदानी भुल्न नहुने बताए । बजारमा उठेका हल्ला शान्त पार्ने विषय सापकोटाका आगामी दिनका व्यवहारले निर्धारण गर्ने उनको भनाइ थियो ।

‘कोही अदालत पुग्नुभएको छ, कोही सडकमा हुनुहुन्छ। बलीदानी दिने साथीहरुलाई हामी बिर्सन सक्दैनौँ । आशंकाहरु छन् । नागरिक समाजका व्यक्तिहरु सडकमा छन् । आम नागरिकले एउटा शंकाको कुरा गर्नुभाछ। त्यसलाई शान्त पार्न सक्नुहुन्छ कि सक्नुहुन्न, भोलि व्यवहारले देखाउनुहोला’, रिजालले भने ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ०० बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन