निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थाल्यो : नेता कोइराला « Khabarhub

निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थाल्यो : नेता कोइराला


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टी भित्र निष्ठावान र इमान्दार व्यक्तिहरुलाई किनारा लगाउँदै जान थालिएको र मूल्यांकनको परिपाटी हराउन थालेको बताएका छन् ।

कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए । आफू पार्टीभित्र वैचारिक उर्जा भर्ने अभियानमा लागेको बताउँदै उनले कांग्रेस यतिवेला इतिहासकै कठिन मोडमा पुगेको बताए ।

नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिति वार्ड नं-१ ले लमजुङको उदिपुरमा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा बढेको बताए ।

१४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कार्यक्रममा लमजुङ कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका पूर्व सभापति ध्रुव वाग्ले, खोटाङ कांग्रेसका पूर्व सभापति सुभाष पोख्रेलले एकै स्वरमा वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिति र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ०८ बजे

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल