निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थाल्यो : नेता कोइराला | Khabarhub Khabarhub

निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थाल्यो : नेता कोइराला


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टी भित्र निष्ठावान र इमान्दार व्यक्तिहरुलाई किनारा लगाउँदै जान थालिएको र मूल्यांकनको परिपाटी हराउन थालेको बताएका छन् ।

कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए । आफू पार्टीभित्र वैचारिक उर्जा भर्ने अभियानमा लागेको बताउँदै उनले कांग्रेस यतिवेला इतिहासकै कठिन मोडमा पुगेको बताए ।

नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिति वार्ड नं-१ ले लमजुङको उदिपुरमा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा बढेको बताए ।

१४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कार्यक्रममा लमजुङ कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका पूर्व सभापति ध्रुव वाग्ले, खोटाङ कांग्रेसका पूर्व सभापति सुभाष पोख्रेलले एकै स्वरमा वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिति र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ०८ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी