आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउत अब थप ४ दिन हिरासतमै रहनुपर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको भएपनि उनको पारिवार भने उजुरीकर्ता महिलासँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयासमा थियो ।

उजुरीकर्ता प्रहरी जवानले उजुरी फिर्ता लिन अस्वीकार गरेपछि गायिका राउतले आफू कानूनअनुसारको कारबाही भोग्नका लागि तयार भएको प्रतिक्रिया दिएकी थिइन् ।

राउत सोमबार बिहान नै प्रहरीको सम्पर्कमा आए पनि प्रहरीले भने अपराह्नतिर मात्रै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ०६ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा