सभामुख सापकोटा विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा « Khabarhub

सभामुख सापकोटा विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट निवेदनलाई सर्वोच्चले ‘हेर्दाहेर्दै’मा राखेको छ ।

रिटमाटिथको सुनुवाईका लागि सोमबार न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा पेशी तोकिएकोमा हेर्दाहेर्दैमा राखिएको हो ।

गत शुक्रबार (माघ १०) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए ।

तर, सोमबार पनि सुनुवाई नसकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्भार समेत सम्हालिसकेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका सापकोटाले सोमबार नै पद्भार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ३३ बजे

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि