दलबाट अलग भएको सभामुख सापकोटाको घोषणा | Khabarhub Khabarhub

दलबाट अलग भएको सभामुख सापकोटाको घोषणा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् ।

उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।

“नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु”, सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।”

नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ३९ बजे

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक