आज वर्षासँगै हिमपातको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ? « Khabarhub

आज वर्षासँगै हिमपातको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ?


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार म‌ंगलबार देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ  । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थानहरु र पूर्वी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थानहरु र पूर्वी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : १५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल