चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो, ४ हजार बढी संक्रमित « Khabarhub

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो, ४ हजार बढी संक्रमित


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । करिव ४ हजार जना संक्रमित भएका छन । यसमध्ये ५ सय जनाको अवस्था गम्भीर छ ।

चीनको राजधानी बेइजिङमा समेत कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मृतक ५० बर्षीय ती पुरुषको अन्य विवरण खुलाइएको छैन ।

हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ । कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।

चीन भन्दा बाहिर झण्डै डेढ दर्जन मूलुकमा ४७ जना कोरोनाबाटै संक्रमित भएको बीबीसीले उल्ले गरेको छ ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४७ जनामा संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म चीन बाहिर कसैको पनि नोवेल कोरोना भाइरसका कारण ज्यान भने गुमाएका छैनन ।

 

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : १७ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र