दिन लामो, छोटो र बराबरी यसकारण हुन्छ « Khabarhub

दिन लामो, छोटो र बराबरी यसकारण हुन्छ


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

डिसेम्बरको २१ को दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने २१ जुनको दिन सबैभन्दा लामो । त्यसबाहेक मार्च २१ र सेप्टेम्बर २३ का दिन र रात बराबर हुन्छ । आखिर वर्षको सबैभन्दा छोटो र सबैभन्दा लामो दिन कसरी हुन्छ त ? यसको जवाफ हो, सौर्यमण्डलमा पृथ्वीको अवस्था ।

पृथ्वी गोलो भएपनि ध्रुवीय क्षेत्र चेप्टो परेको छ । पृथ्वीको अक्षीय झुकाव करिब साढे २३ डिग्री छ । यरकारण पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र पर्दैन । यदि सूर्यको प्रकाश सधैँ भूमध्य रेखामा मात्रै पर्ने हो भने पृथ्वीमा हरेक दिन र रात बराबर हुने थियो ।

वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा सूर्यको प्रकाश सीधै साढे २३ डिग्री दक्षिणी अक्षांश रेखा अर्थात् मकर रेखामा पर्न जान्छ । त्यसैले उत्तरी गोलार्धमा दिन छोटो हुन्छ भने रात लामो हुन्छ । त्यस दिन दक्षिणी गोलार्धमा भने दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

सबैभन्दा लामो दिन हुने जुन २१ मा सूर्यको प्रकाश साढे २३ डिग्री उत्तरी अक्ष्ाँंश अर्थात् कर्कट रेखामा पर्न जान्छ, त्यसैले त्यस दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो हुने तथा रात छोटो हुने गर्छ । तर, मार्च २१ र सेप्टेम्बर २३ मा सूर्यको प्रकाश सिधा भू–मध्य रेखामा पर्न जान्छ र दिन र रात बराबर हुन्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३५ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका