दिन लामो, छोटो र बराबरी यसकारण हुन्छ « Khabarhub

दिन लामो, छोटो र बराबरी यसकारण हुन्छ


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

डिसेम्बरको २१ को दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने २१ जुनको दिन सबैभन्दा लामो । त्यसबाहेक मार्च २१ र सेप्टेम्बर २३ का दिन र रात बराबर हुन्छ । आखिर वर्षको सबैभन्दा छोटो र सबैभन्दा लामो दिन कसरी हुन्छ त ? यसको जवाफ हो, सौर्यमण्डलमा पृथ्वीको अवस्था ।

पृथ्वी गोलो भएपनि ध्रुवीय क्षेत्र चेप्टो परेको छ । पृथ्वीको अक्षीय झुकाव करिब साढे २३ डिग्री छ । यरकारण पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र पर्दैन । यदि सूर्यको प्रकाश सधैँ भूमध्य रेखामा मात्रै पर्ने हो भने पृथ्वीमा हरेक दिन र रात बराबर हुने थियो ।

वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा सूर्यको प्रकाश सीधै साढे २३ डिग्री दक्षिणी अक्षांश रेखा अर्थात् मकर रेखामा पर्न जान्छ । त्यसैले उत्तरी गोलार्धमा दिन छोटो हुन्छ भने रात लामो हुन्छ । त्यस दिन दक्षिणी गोलार्धमा भने दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

सबैभन्दा लामो दिन हुने जुन २१ मा सूर्यको प्रकाश साढे २३ डिग्री उत्तरी अक्ष्ाँंश अर्थात् कर्कट रेखामा पर्न जान्छ, त्यसैले त्यस दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो हुने तथा रात छोटो हुने गर्छ । तर, मार्च २१ र सेप्टेम्बर २३ मा सूर्यको प्रकाश सिधा भू–मध्य रेखामा पर्न जान्छ र दिन र रात बराबर हुन्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३५ बजे

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा