चर्चामा वसन्त थापा: प्रेम दिवसमा ‘सयको गुन’ | Khabarhub Khabarhub

चर्चामा वसन्त थापा: प्रेम दिवसमा ‘सयको गुन’


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएका छन् । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन् । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् । यसअघि उनले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पुर्‍याएको छ ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस्तै थापाले सङ्गीत गरेर माझी र उनी आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहेका छन् । पछिल्लो समय उनका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उनले भने, “सङ्गीत गर्न र गीत गाउनमै व्यस्त छु ।”

उनले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस (फेब्रुअरी १४)लाई लक्ष्य गरेर बजारमा ल्याएका हुन् । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उनले बताए ।

“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भने, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उनले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ४१ बजे

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले