गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता « Khabarhub

गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा लागू औषधको रुपमा लिइने गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेकपाका सांसदहरु प्रस्तावक र समर्थक रहँदै गाँजालाई वैधानिक मान्यता दिइ व्यवसायिक रुपमा खेती गर्ने कानून निर्माणका लागि सहयोग भन्दै प्रस्ताव मंगलबार प्रस्ताव दर्ता भएको हो । दर्ता नम्बर २ रहेको प्रस्तावको प्रस्तावक नेकपा सांसद विरोध खतिवडा रहेका छन् भने समर्थकमा पूर्वगृहमन्त्री समेत रहेका नेकपा सांसद जनार्दन शर्मा र पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तिमगरसहित ४५ जना सांसदहरु रहेको प्रस्तावक सांसद खतिवडाले जानकारी दिए ।

उनले अमेरिका, क्यानडा, नेदरल्याण्ड्, थाइल्याण्ड लगाएतका ६५ देशहरुले गाँजा उत्पादनलाई वैधानिक मान्यता दिएर किसानलाई आर्थिक रुपमा सवल पुर्‍याएको भन्दै नेपालमा पनि बहसको शुरुवातको आवश्यकता महसुस गरेर प्रस्ताव दर्ता गराएको बताए ।

उनले भने, ‘संसारका ६५ देशले गाँजा उत्पादन गरेर औषधिका रुपमा प्रयोग गरिरहेका छन् । हामीकहाँ गाँजालाई औषधिका रुपमा प्रयोग गर्न पनि नदिने, उल्टो जेल हाल्ने व्यवस्थालाई परिमार्जन गर्दै गाँजाको उत्पादनले कृषकको आम्दानीको स्रोत बनाउनुपर्छ, सरकारको नियमनमा वैधानिक बनाएर कानून संसोधन गर्नुपर्छ भन्ने समेटिएको छ ।’

विश्वका अन्य देशले गाँजाबाट डलर कमाइरहेको अवस्थामा नेपालमा भने गाँजा खेती गर्नेले जेल जानुपर्ने कानून बनाउनु हुँदैन भन्ने हिसाबले प्रस्ताव दर्ता गरिएको सांसद खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ५४ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग