गुठी संस्थानका प्रशासक र उपप्रशासकविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता « Khabarhub

गुठी संस्थानका प्रशासक र उपप्रशासकविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका दुई कर्मचारीविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता गरेको छ ।

संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीविरुद्ध घुस अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले काठमाडौं महानगरपालिका वडा नं– १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लिएको अभियोगमा केही दिन अघि अख्तियारको टोलीले दुबैजनालाघ नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा संस्थानका प्रशासक चौधरी र उप–प्रशासक रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने शर्तमा सेवाग्राहीसँग आठ लाख लिएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ०१ बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको