युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना दिन राष्ट्रपतिको आग्रह « Khabarhub

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना दिन राष्ट्रपतिको आग्रह


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको आज अनावरण गर्दै ती सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा सबैलाई प्रशिक्षित तुल्याउनुपर्नेमा जोड दिइन ।

राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गरिन् ।

समारोहमा राष्ट्रपति भण्डारीले स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन ।  राष्ट्रपति भण्डारीले स्मारकको निर्माणका क्रममा शहीदको आकृति कुँद्ने कलाकार कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै शहीद स्मारक विकास समितिमा कार्यरत प्रमुख रामचन्द्र न्यौपानेलाई दीर्घसेवा पदक तथा शहीद स्मारक स्थापना गर्ने क्रमका प्रथम उपभोक्ता समितिका उपाध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गरिन ।

अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहन गर्दै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा लागेको बताए ।

उनले  हेटौंँडामा २०५१ साल माघ १७ गते प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको पनि जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रको गौरव आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३५ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले