सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था « Khabarhub

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ ।

बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा पीडित पक्षले बुधबार दिनभर कुनै अराजक गतिविधि र प्रदर्शन नगर्ने सहमति जनाएको छ ।

भे १ ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मंगलबार कालिकोटको महावै गाउँपालिका–३ का २० वर्षी केशर सिंहको मृत्युपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो ।

घटना भएलगत्तै प्रहरीले चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

मृतक युवका आफन्त र स्थानीयहरुले भने मंगलबार वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र बन्द गराउँदै तोडफोड गर्न थालेपछि स्थानीय प्रशासनले बुधबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ३० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा