एमसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

एमसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् ।

बुधवार(आज) राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरिएको र त्यो राष्ट्र हित विपरित नभएको बताए ।

एमसीसी सम्झौता गर्दा संसदबाट पास गर्नुपर्ने व्यवस्था राखिएको भन्दै ओलीले यो अस्तिनै पास भइसक्नु पर्ने विषय भएको बताए ।
‘यो अस्तिनै पास भइसक्नु पर्ने थियो’ ओलीले भने,‘ विवाद पनि भएको छ । र, खर्च पनि हामीले व्यहोर्न पर्ने भएको छ ।’

तत्कालीन परराष्ट्र मन्त्री कृष्णबहादुर महराले तत्कालीन समयमा भएको वार्ताका क्रममा संसदबाट अनुमोदन गर्न र सरकारबाट पास गर्न पनि समस्या हुँदैन भनेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसपछि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिका गएर सम्झौता गरेको स्पष्ट पारे ।

‘धेरै विवाद गर्नुपर्ने विषय होइन । यो सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन’ ओलीले भने,‘ जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ ।’

एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु पर्ने आवश्यकता नभएको बताउँदै ओलीले भने,‘ एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु बेकार हो । कुन देशको के इन्ट्रेस्ट छ भन्ने तरि जाने होइन । हाम्रो प्राथमिकतामा ग्रहण गर्ने हो । अरुका निमित्त गर्ने होइन । हाम्रा लाभका लागि गर्ने हो । अरुका के इन्ट्रेष्ट होला भनेर त्यसको पछाडि जाने कुरा उपयुक्त होइन । ’

नेपालको सम्प्रुभुतामा एमसीसी सहमतिले कुनै असर नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले देशको संविधान र कानून विपरित सम्झौता नहुने बताए ।

सम्झौतामा कुनै पनि एक देशले समयमा सूचना दिएर कार्यक्रम अस्वीकार गर्न सक्ने व्यवस्था रहेको भन्दै ओलीले एमसीसीलाई अघि बढाउनु पर्ने धारणा राखे ।

‘यसमा कुनै अनुचित कुरा छैन । हाम्रो स्वाधिनता, विकास प्रयास, अन्तर्राष्ट्रिय सम्बन्धमा कतै जोडिएर प्रतिकुल अवस्था पर्ने कुरा छैन’ ओलीले भने,‘ यो वास्तवमा केही अफ्ट्यारो छैन । अमेरिकीहरुले पनि थप स्पष्ट पारेका छन् ।’

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ३६ बजे

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा

रञ्जिता–रेशम द्वन्द्व : नाउपामा मन्त्रीको नाम टुङ्गो लगाउन सकस

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) राजनीतिक दल हो, वा पारिवारिक सङ्गठन

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स