नेकपाकाे नजरमा कांग्रेस: ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी « Khabarhub

नेकपाकाे नजरमा कांग्रेस: ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी भएको चित्रण गरेको छ ।

बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली काँग्रेस मूलतः पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक, रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन् । तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन नेपाली काँग्रेससंग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन ।’

मधेसकेन्द्रीत राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टी र साना वामपन्थी पार्टीहरुको नाम उल्लेख नगर्दै नेकपाले देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरुसंग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउँन जोड लगाउँनु पर्ने उल्लेख गरेको छ ।

विगत लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाईरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरु आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न ‘कसरत’ गरिरहेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन् । निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिवर्तन विरोधी यथास्थितिवादी शक्तिहरु विभिन्न रुप र रंगका साम्प्रदायिक एवं अतिवादी तत्वहरुलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडी बढन लागेको कुरा बिल्कुल नपचेको निष्कर्ष नेकपाको रहेको छ ।

त्यस्ता तत्वहरु आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरुमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेकाले उनीहरुका भ्रम र षडयन्त्रलाई सम्पुर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरु सजगता पुर्वक एकतावद्ध भएर अगाडि नेकपाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ०८ बजे

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड