नेकपाकाे नजरमा कांग्रेस: ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी « Khabarhub

नेकपाकाे नजरमा कांग्रेस: ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टी भएको चित्रण गरेको छ ।

बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली काँग्रेस मूलतः पुँजीपती बर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक, रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन् । तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन नेपाली काँग्रेससंग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन ।’

मधेसकेन्द्रीत राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टी र साना वामपन्थी पार्टीहरुको नाम उल्लेख नगर्दै नेकपाले देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरुसंग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउँन जोड लगाउँनु पर्ने उल्लेख गरेको छ ।

विगत लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाईरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरु आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न ‘कसरत’ गरिरहेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन् । निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिवर्तन विरोधी यथास्थितिवादी शक्तिहरु विभिन्न रुप र रंगका साम्प्रदायिक एवं अतिवादी तत्वहरुलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडी बढन लागेको कुरा बिल्कुल नपचेको निष्कर्ष नेकपाको रहेको छ ।

त्यस्ता तत्वहरु आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरुमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेकाले उनीहरुका भ्रम र षडयन्त्रलाई सम्पुर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरु सजगता पुर्वक एकतावद्ध भएर अगाडि नेकपाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ०८ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत