भिडियो कलबाटै सम्बन्धविच्छेद ! « Khabarhub

भिडियो कलबाटै सम्बन्धविच्छेद !


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालगञ्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन पनि भयो। भोलिपल्ट श्रीमानले भिडियो कल गरे । उनले एकैचोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन ।

कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउँदै गरेको कान्तिपुरमा खबर छ ।

नेपालगन्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघरको पनि समस्या उस्तै छ । श्रीमानले फोनमा तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद भएको भन्दै उनी माइतमा बसेकी छन् । दाम्पत्य जीवनमा पूर्ण विराम लागेपछि शारीरिक रुपमाले अशक्त छोरो हुर्काउने जिम्मेवारी उनको काँधमा छ । यस्ता धेरै घटना सार्वजनक हुन थालेका छन् । इस्माले अदालतमा गएर झगडा गर्न आफूलाई मन नलागेपछि छुपचाप बसेको प्रतिक्रिया दिएकी छन् ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न रोजगारदाता हिचकिचाएको पाइएको छ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै सारै धेरै प्रचार गरिएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा रोजगारदाता हिचकिताएका छन् । देशभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकोमा यो कार्यक्रम घोषणाको ४ महिना पुग्दा २१ सयको हाराहारीमा मात्र संस्थाहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ०३ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन