उपभोग्य बस्तु ढुवानी गर्ने पिकअप भ्यानमा ६३ किलो गाँजा « Khabarhub

उपभोग्य बस्तु ढुवानी गर्ने पिकअप भ्यानमा ६३ किलो गाँजा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले ६३ किलो गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीमा सवार २ जनालाई गाँजा र अफिमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडी चालक बाराको पर्सौनी गाउँपालिका–६ घर भएका २८ वर्षीय रामजी साह तेली र गाडीमा सवार बाराको आदर्श कोतवाल गाउँपालिका–२ घर भएका ३० वर्षी प्रेम पटेल छन् ।

प्रहरीका अनुसार उनीहरुले दैनिक उपभोग्य बस्तुको ढुवानीका लागि प्रयोग हुने गाडीमा गाँजा तस्करी गर्ने गरेका थिए ।

शंकाको आधारमा मंगलबार बिहान चेकजाँच गर्दा गाडीमा फल्स बटम बनाइएको देखिएको थियो । प्रहरीले गाडी नियन्त्रणमा लिइ ग्यारेजमा लगेर फल्स बटम खोल्दा प्लास्टिकको २१ वटा पोको बनाएर ६३ किलो गाँजा र ३ सय ग्राम अफिल लुकाएको देखिएको थियो ।

प्रहरीले गाँजा र अफिमसहित पक्राउ परेका २ जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : ५२ बजे

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा