कवाडको थुप्रोले थिच्दा ४ भारतीयको मृत्यु | Khabarhub Khabarhub

कवाडको थुप्रोले थिच्दा ४ भारतीयको मृत्यु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ ।

कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र ६ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले जानकारी दिए ।

चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : ५८ बजे

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार