कवाडको थुप्रोले थिच्दा ४ भारतीयको मृत्यु « Khabarhub

कवाडको थुप्रोले थिच्दा ४ भारतीयको मृत्यु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ ।

कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र ६ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले जानकारी दिए ।

चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : ५८ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा