२५ लाखमा गैंडाको खाग बेच्न खोज्ने २ जना पक्राउ « Khabarhub

२५ लाखमा गैंडाको खाग बेच्न खोज्ने २ जना पक्राउ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको कपन बस्दै आएका २२ वर्षी दिनेश थापा छन् ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले दुवै जनालाई गैंडाको खागसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले २५ लाख रुपैयाँमा गैंडाको खाग बिक्री गर्न लागेका थिए । खाग किन्ने ग्राहकसँग ‘बार्गेनिङ’ समेत मिलिसकेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं, हात्तीसारमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : ४८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय