२५ लाखमा गैंडाको खाग बेच्न खोज्ने २ जना पक्राउ « Khabarhub

२५ लाखमा गैंडाको खाग बेच्न खोज्ने २ जना पक्राउ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको कपन बस्दै आएका २२ वर्षी दिनेश थापा छन् ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले दुवै जनालाई गैंडाको खागसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले २५ लाख रुपैयाँमा गैंडाको खाग बिक्री गर्न लागेका थिए । खाग किन्ने ग्राहकसँग ‘बार्गेनिङ’ समेत मिलिसकेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं, हात्तीसारमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : ४८ बजे

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी