फ्रेण्ड्स क्लबसँग च्यासल पराजित « Khabarhub

फ्रेण्ड्स क्लबसँग च्यासल पराजित


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेण्ड्सको जितमा उत्तम राई नायक बने ।

उनले खेलको ८४औँ मिनेटमा गरेको एक गोल नै फ्रेण्डसका लागि निर्णायक गोल सावित भयो ।

फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक बल च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गर्न सफल भएका हुन् ।

खेलमा फ्रेन्ड्सका गोलकर्ता उत्तम राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले नौ खेलमा ११ अङ्क जोडेको छ । त्यस्तै पराजित च्यासल समान नौ खेलबाट नौ अङ्कसहित लिगको दशौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : ०० बजे

सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – केन्द्रीय संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको

सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध

काठमाडौं– दोस्रो पटक स्थगित भएको प्रतिनिधिसभा बैठक सहमति नजुट्दा एक

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी