‘सरकारको कार्यशैली पटक्कै मन परेन’ « Khabarhub

‘सरकारको कार्यशैली पटक्कै मन परेन’


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तौलिहवा- नेपाली कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कार्यशैली आफूलाई पटक्कै मन नपरेको बताएका छन् । उनले राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतंककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैली आफूलाई पटक्कै चित्त नबुझेको बताए ।

नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सिके राउतसँग नराम्ररी चुकेको बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गरे।

सो अवसरमा पार्टी नेताहरु डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : ५६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय