नेपालको भ्रमण सकेर लग्जेम्बर्गका विदेशमन्त्री श्रीलंका प्रस्थान | Khabarhub Khabarhub

नेपालको भ्रमण सकेर लग्जेम्बर्गका विदेशमन्त्री श्रीलंका प्रस्थान


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा उनीहरूबीच प्रधानमन्त्री ओलीले युरोपेली संघसहित अन्य क्षेत्रीय तथा बहुपक्षीय माध्यमबाट नेपाललाई सहयोग गरेकामा लग्जेम्बर्गको सराहना गरेका थिए ।

मन्त्री एसलवर्नले नेपालको विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।  भेटमा व्यापार, लगानी, पर्यटन र प्रविधि हस्तान्तरणबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा जलवायु परिवर्तन, सम्पर्क सञ्जाल विस्तार र आप्रवासी कामदारका सम्बन्धमा सहकार्य गर्ने सहमति भएको थियो ।

मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन, पर्यटन तथा कृषिमा आधारित उद्योगको विकासका लागि नेपाललाई अथाह वैदेशिक सहायता आवश्यक भएकाले लग्जेम्बर्गका उद्यमी व्यवसायीलाई नेपालमा पूँजी परिचालन गर्न आह्वान गरेका थिए ।

नेपाल र लग्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा तथा यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले बिदाइ गरेका थिए ।

बाइस वर्षपछि विदेशमन्त्रीस्तरमा लग्जेम्बर्गका विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो । यसअघि तत्कालीन प्रधानमन्त्रीले उक्त देशको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ०६ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण