चावहिल चोकमा ‘सार्न मिल्ने’ आकाशे पुलको शिलान्यास « Khabarhub

चावहिल चोकमा ‘सार्न मिल्ने’ आकाशे पुलको शिलान्यास


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चावहिल चोकमा पैदल यात्रुको सहजताका लागि आकाशे पुल निर्माण काम थालिएको छ । विहीबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेका हुन् ।

फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ रहेको छ। बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएका हुन् ।

निर्माण पक्षसँग गएको कार्तिक २७ गते नै सम्झौता भएको थियो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

आकाशे पुल शिलान्यासमा प्रमुख बिद्यासुन्दर शाक्यले पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए ।

यी पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् ।

‘पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको बर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।’ पुल शिलान्यास गर्दै मेयर शाक्यले भने ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष शुद्धकुमार डंगोलले भने, ‘पैदल यात्रुको अधिक चाप भएकाले चावहिल चोकमा आकाशे पुलको ठूलो खाँचो थियो । यहाँ निर्माण सम्पन्न भएपछि सडक र यात्रुको चाप हेरेर हामी अन्य ठाउँमा पनि पूर्वाधार बनाउनेछौं ।’

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ८ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर