महिलामाथि यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी निलम्बित « Khabarhub

महिलामाथि यौन शोषणको आरोपमा नेपाल प्रहरीका एसएसपी निलम्बित


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका एकजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई महिलामाथि यौन शोषण गरेको आरोपमा निलम्बन गरेको छ ।

मन्त्रालयले तत्कालीन अवस्थामा संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो ।

धरानकी एक महिलाको उजुरीमाथि प्रारम्भिक अनुसन्धानपछि राणालाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले जानकारी दिए ।

राणामाथि लागेको आरोपबारे विस्तृत रुपमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर निर्देशन दिइएको शर्माको भनाइ छ ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : १७ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने