हलेसीका ५ सय स्थानीयलाई नेपाल मेडिसिटीका चिकित्सकद्वारा निःशुल्क परामर्श « Khabarhub

हलेसीका ५ सय स्थानीयलाई नेपाल मेडिसिटीका चिकित्सकद्वारा निःशुल्क परामर्श


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेका छन् ।

खोटाङस्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए ।

स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको थियो ।

मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागि हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनले बताए । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले बताए ।

हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई बताएका थिए ।

राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : ४१ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड