आज मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (३ दिनको पूर्वानुमानसहित) | Khabarhub Khabarhub

आज मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (३ दिनको पूर्वानुमानसहित)


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

माघ १८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ०५ बजे

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

भोजपुर– भोजपुर नगरपालिका– ४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन

देशभर धमाधम रोपाइँ जारी

काठमाडौं– समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक