प्रजातान्त्रिक मूल्य मान्यता माथिको आघात अस्वीकार्य : देउवा « Khabarhub

प्रजातान्त्रिक मूल्य मान्यता माथिको आघात अस्वीकार्य : देउवा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही–नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जलिसभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीबाट हस्तक्षेप गर्न नहुने बताए ।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति काँग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गरे ।

महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गरे । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, काँग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर राना लगायतले इमान्दार कार्यकर्ताको योगदानले काँग्रेस अहिलेको अवस्थामा आएको बताए ।

प्रदेशसभामा विपक्षी दलका नेता पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१४ मा नेपाली काँग्रेसमा आबद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरेका थिए । भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिइ प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १० : २५ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि