राप्रपाको अबको एजेन्डा महाधिवेशन | Khabarhub Khabarhub

राप्रपाको अबको एजेन्डा महाधिवेशन


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपाले राप्रपा संयुक्तसँगको एकता प्रक्रिया टुंगिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले एकता प्रक्रियालाई अघि नबढ्ने निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘राप्रपाको जारी केन्द्रीय समिति बैठक मूलत २ एजेन्डा लिएर अघि बढेको थियो । पहिलो दुई दलबीच पार्टी एकता र अर्को पार्टीको महाधिवेशन,’ श्रेष्ठले भने, ‘अब एकताको बाटो बन्द भएको छ । हामी महाधिवेशनलाई केन्द्रित गरेर अघि बढेका छौं । आजैदेखि त्यसको अभ्यास शुरु भएको छ ।’

पार्टीले पार्टी एकता भइहाले एकताको बाटोमा हिँड्ने नभए महाधिवेशनका विषयमा केन्द्रित भएर अघि बढ्ने तयारी पूर्वतयारी अनुसार नै बैठकको एजेन्डा अघि बढेको श्रेष्ठले बताए ।

शनिबारको बैठकमा पार्टीका प्रदेश अध्यक्षहरुले आफ्नो प्रतिवेदन पेश गरेका थिए । प्रदेश अध्यक्षहरुले पार्टीको सांगठनिक अवस्था, निर्वाचनको समीक्षा, पार्टीलाई क्रियाशिल बनाउन चाल्नुपर्ने कदम, अबको पार्टी मार्ग दिशा र कार्यदिशाका बारेमा केन्द्रित भएर प्रतिवेदन तयार पारेको श्रेष्ठले बताए ।

आजको बैठकका प्रदेश १ का अध्यक्ष राम थापा, बागमती प्रदेशका अध्यक्ष बिक्रमबहादुर थापा, गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदय, कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढा र सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्यामबहादुर शाहीले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै बैठकमा पार्टीले गठन गरेको निर्वाचन समितिले पार्टीको महाधिवेशन आगामी जेठ २५ गते गर्न प्रस्ताव गरेको छ ।

बैठकमा पार्टीको निर्वाचन नियमावली, निर्वाचन निर्देशिका तथा कार्यतालिका पेश भएको र छलफल शुरु भएको श्रेष्ठले बताए ।

एकता प्रक्रिया भाँडिएपछि महाधिवेशनको तयारीमा लागेको राप्रपा नेपाल संघीयताको अभ्यासमा जुट्ने भएको छ । आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन नै प्रदेश अनुसार गर्ने भएकाले राजासहितको प्रजातन्त्र र सिद्धान्तत संघीयताको विपक्षमा रहेको राप्रपाको सिद्धान्त नै परिवर्तन हुने देखिएको हो ।

राप्रपाले महाधिवेशनका प्रतिनिधि चयन गर्ने क्रममा प्रदेशको क्षेत्रलाई युनिट मानेर प्रतिनिधि ल्याउने नयाँ अभ्यास शुरु गरेसँगै राप्रपा नेपाल पनि संघीय प्रणालीमा समेटिने भएको छ ।

यसअघि गाउँदेखि अधिवेशन शुरु गरेर केन्द्रमा पुग्ने राप्रपा नेपालले यसपटकदेखि प्रदेशको क्षेत्रलाई युनिट मानेर महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी थालेको हो ।

राप्रपाको जारी केन्द्रीय समिति बैठक सोमबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ४२ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’