कोरोना भाइरसको सन्त्रासः चीनको वुहानबाट यसरी फर्काइँदै छ नेपालीलाई « Khabarhub

कोरोना भाइरसको सन्त्रासः चीनको वुहानबाट यसरी फर्काइँदै छ नेपालीलाई


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका शहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी गरेको छ ।

एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्दार प्रक्रिया शुरु भएको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।

नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने जवाफ पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कति जनाको मेडिककल टिम जाने, को-को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसार तयारी शुरु गरेको छ ।

नेपाल एयरलाइन्सको ए- ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिने छ ।

चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्योन नेपालको तयारी छ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकालाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जालमा ‘विच्याटम’मार्फत प्रसार गरिएको छ ।

दूतावास उपनियोग प्रमुख सुशील लम्सालका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका एक सय ८८ जना नेपाली सम्पर्कमा आइसकेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : २९ बजे

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम

सुनको मूल्य करिब साढे पाँच हजार रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने