अपडेट : न्यूजिल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या ४० पुग्यो « Khabarhub

अपडेट : न्यूजिल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या ४० पुग्यो


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्डको क्रिस्ट चर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आज (शुक्रबार)को प्रार्थना गर्न भेला भएका मानिसको भीडमा गोली चलाउँदा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले क्रिस्टचर्चका दुई मस्जिदमा भएका आक्रमणमा ४० जनाको ज्यान गएको पुष्टि गरेकी हुन् ।

प्रधानमन्त्रीले आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्नुअघि न्युजिल्याण्डका सञ्चारमाध्यमले आक्रमणमा ९ जना देखि ३० जनासम्मको ज्यान गएको हुनसक्ने आशंका गरेका थिए ।

आतंकवादी आक्रमणको संज्ञा दिइएको घटनामा अरु २० जना गम्भीर घाइते भएको प्रधानमन्त्री अर्डेर्नले जनाएकी छिन् । आक्रमणकारीले अर्धस्वचालीत बन्दुकबाट क्रिस्ट चर्च शहरको अल नूर मस्जिद तथा शहरकै अर्को लिनउड मस्जिदमा आक्रमण गरेका थिए ।

आक्रमणमा अल नूर मस्जिदमा ३० जनाको तथा लिनउड मस्जिदमा थप १० जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा बन्दुकधारीले मस्जिदभित्र पसेर जथाभावी गोली चलाउन शुरु गरेको बताइएको छ ।

आक्रमण भएको अल नूर मस्जिदमा न्यूजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु प्रार्थना गर्न आउने कार्यक्रम थियो । बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद बाहिर पार्किङ गर्न लाग्दा भित्र गोली चल्न सुरु भएको थियो ।

लगत्तै खेलाडीहरुलाई प्रहरीले सुरक्षित स्थान तर्फ लगेको र यो घटनापछि न्यूजिल्याण्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित गरिएको छ ।

प्रहरीले घटनालगत्तै एक महिलासहित ४ संदिग्धलाई नियन्त्रणमा लिएको छ । घटनामा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप आक्रमण हुनसक्ने आशंकामा मुलुकभरका मस्जिद बन्द गर्न आह्वान गरेको छ । त्यस्तै प्रहरीले मानिसहरुलाई सुरक्षा र सावधानी अपनाउन समेत आह्वान गरेको छ ।

अष्टे«लियन प्रधानमन्त्री स्कट मोरिसनले आक्रमणमा संलग्न बन्दुकधारी अष्टे«लियन मूलको रहेको जनाएका छन् । बन्दुकधारी बताइने मानिसले आक्रमण गर्नुपूर्व ट्विटरबाट ८७ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रमा उनले मुसलमानहरुलाई अतिक्रमण गर्न आएका मानिसको संज्ञा दिँदै आफूले गरेको कामको औचित्य सिद्ध गर्ने कोशिश गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १ : ४४ बजे

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे