भारोत्तोलन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित « Khabarhub

भारोत्तोलन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न साधारणसभाबाट श्रेष्ठ आफ्नो प्रतिद्वन्द्वी विजेन्द्रविक्रम शाहलाई दुई मत अन्तरले पराजित गर्दै चार वर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठ यसअघि संघको उपाध्यक्ष पदमा रहेका थिए ।  श्रेष्ठले ३० मत पाउँदा उनका प्रतिद्वन्द्वी शाहले २८ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भएका छन् । यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने निर्वाचित भएका छन् ।

सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे ।  १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन् । अन्य सदस्यमा शिवनारायण चौधरी, गोपालबहादुर श्रेष्ठ, रत्नमान माली, महेशप्रसाद यादव, शत्रुघन यादव, दीपेन्द्रकुमार ठाकुर, प्रेमकुमार कौशल, राजेन्द्र प्रधान र अजय शाही निर्वाचित भएका छन् ।

विजयी पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकूद परिषद् (राखेप) का विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनियताको सपथ गराउनुका साथै प्रमाणपत्र प्रदान गरे ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलन खेल विकास र विस्तारमा लाग्ने र भारोत्तोलन संघको आफ्नै हल र भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : २४ बजे

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।