तीन 'पिन्ट' रगतले बचायो सुत्केरीको ज्यान ! | Khabarhub Khabarhub

तीन ‘पिन्ट’ रगतले बचायो सुत्केरीको ज्यान !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएकी थिइन ।

उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ‘ओ पोजिटिभ’ रगत आवश्यक पर्‍यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।

गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा रगत उपलब्ध गराइदिन निवेदन दिएलगतै गणमा कार्यरत सिपाही व्य.नं २३२७८६ प्युठ निङ्दावा शेर्पा, व्य.नं २४७८९५ सि. सन्तोषकुमार तामाङ र व्य.नं २६१००२ सि. नरबहादुर सलामी मगरले एक-एक पिन्ट गरी ‘ओ पोजिटिभ’ रगत तीन पिन्ट प्रदान गरी सुत्केरी र बच्चाको ज्यान जोगाउन सफल भए ।

गण जुम्लामा तैनाथ भएपश्चात स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा यस गणमा कार्यरत करिब २८ जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको सह सेनानी विशान कार्कीले बताए ।

प्रतिष्ठानमा रगत बै‌क नहुँदा प्रतिष्ठानमै कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीले यहाँका प्रसूति महिला र ‘सर्जरी’ का बिरामीलाई चाहिए जति रगत दिने गरेका छन् । बाहिरबाट कुनै संस्था वा व्यक्तिले रक्तदान नगर्दा प्रतिष्ठानमा रगतको अभाव भएको प्रतिष्ठानका ल्यावप्रमुख विकेक पुन मगरले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ४४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई