‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अदालतले दियो अनुमति « Khabarhub

‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अदालतले दियो अनुमति


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धार्मिक आवरणमा ठगी गरेको अभियोगमा ‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

विष्णु प्रपन्‍नाचार्य र बाल योगेश्वर भनेर चिनिने धर्मगुरु विजय भण्डारीलाई ठगी अभियोगमा पक्राउ गर्न अनुमति दिइएको हो ।

चितवनस्थित नारायणी नदीको किनारमा एक महिना लामो महायज्ञ संचालन भइरहेको बेला पक्राउ पूर्जी जारी भएसँगै उनी फरार भएको प्रहरीले जनाएको छ ।गुल्मी स्थायी घर भएका भण्डारी धार्मिक प्रवचक हुन् ।

महायज्ञको मुख्य प्रवचक रहेका भण्डारी फरार भएपछि आयोजकले महायज्ञ स्थगित गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनी विरुद्ध विदेश पठाउने भन्दै ठगी गरेको उजुरी परेको छ ।

‘दुई जना युवालाई ठगी गरेको जाहेरी आएको छ’ – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने ।

विजयले पीडितलाई दिएको १२ लाखको चेक बाउन्स भएको छ । उनी यसअघि पनि ठगी आरोपमा जेल परेका थिए । ०७१ पछि १८ महिना र ०७६ मा १९ दिन जेल बसेर निस्केपछि उनले नाम परिवर्तन गरेर धार्मिक प्रवचन दिन थालेको काठमाडौं प्रहरीले जनाएको छ ।

धार्मिक आवरणमा अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै उनले ठगी धन्दा नै चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ५० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा