झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ ।
मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले बताए ।
उद्धार गरिएका एक जना केही दिनअघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् ।
‘कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नुभएको रहेछ,’ तिवारीले भने, ‘आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौँ ।’
उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरूले सहयोग पुर्याएका थिए ।
बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवले आश्रय पाइरहेका छन् ।














प्रतिक्रिया