चीनमा रहेका नेपालीहरुको उद्धारमा थप गृहकार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित) « Khabarhub

चीनमा रहेका नेपालीहरुको उद्धारमा थप गृहकार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनका लागि थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै चीनमा रहेका नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुको चिन्ता र चासोलाई सम्बोधन गर्न सरकार क्रियाशील रहेको जनाएका छन् । मन्त्रालयले चीनमा रहेका नेपाली नेपाली विद्यार्थीहरुको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धिति नयकायहरुलाई थप गृहकार्य गर्न निर्देशनि दिएको हो ।

बेइजिङस्थित नेपाली दूतावसोले उहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित तवरले नेपाल ल्याउनका लागि फारम भर्ने कार्य जारी राखेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने, त्यहाँबाट नेपाल आउने यात्रुको भित्रवनु अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा राखी उपचार गरिने जनाएको छ ।

अन्य यात्रुलाई पनि दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन)मा राख्नुपर्ने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनका प्रावधान पालना गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हालसम्म चीनमा फारम भर्ने नेपाली नागरिकको सूची

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ५८ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य