कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’ « Khabarhub

कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवाले नयाँ रेकर्ड बनाएको छ । यसअघिसम्म ५ हजार मिटरसम्म मात्र विचरण गर्ने चितुवा यसपटक ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक इकोलोजिस्ट तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पूर्वसंरक्षण अधिकृत हेमराज आचार्यले भन्नुभयो, ‘यति धेरै उचाइमा पुगेको यो पहिलो रेकर्ड हो । जलवायु परिवर्तनले तापक्रममा आएको परिवर्तनका कारण माथिमाथि चढ्न सम्भव भएको अनुमान गरिएको छ ।

कञ्चनजंघा क्षेत्रका चारवटा हिउँ चितुवालाई स्याटेलाइट लगाइएको छ । विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा विस्तृत अध्ययनका लागि स्याटेलाइट लगाइएको हो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ९ : ०६ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार