औद्योगिक व्यवसाय प्रवर्द्धन बोर्ड खारेज गर्ने निर्णय | Khabarhub Khabarhub

औद्योगिक व्यवसाय प्रवर्द्धन बोर्ड खारेज गर्ने निर्णय


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रीको अध्यक्षतामा रहने औद्योगिक व्यवसाय प्रवर्द्धन बोर्ड खारेज हुने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकले बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।

‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधन माथि छलफल गर्न आयोजित बैठकमा मन्त्री मातृका यादवले बोर्ड खारेज गर्ने प्रस्ताव राखेका थिए । बोर्ड खारेज गर्ने निर्णय पछि अब ६ अर्बसम्मको विदेशी लगानी उद्योग विभाग र ६ अर्ब माथिको लगानी स्वीकृत गर्ने अधिकार लगानी बोर्डलाई हुनेछ ।

यस्तै विधेयकमाथिको छलफलका क्रममा उपभोक्ता अधिकारकर्मीहरुले विधेयकमा कुनै दण्ड सजायको व्यवस्था नभएको भन्दै आपत्ती जनाएका छन् । त्यस्तै व्यवसायीहरुले सरकारको नियमन निकाय कमजोर छन् भन्ने पुष्टि ऐनबाट गर्न खोजिएको संकेत गरेका थिए ।

बैठकमा अर्थविद् डाक्टर शंकर शर्माले डेरी उद्योगमा साना प्रकारका विदेशी लगानी भित्र्याउँदा किसानलाई नै फाइदा हुने दाबी गरे । उनले यस बिषयमा देखिएका समस्या ऐनबाट नै समाधान गर्न सकिने बताए । समिति सदस्यहरुले सार्वजनिक निजी साझेदारी विधयेक जस्तो गरी यो विधेयक पनि सामान्य छलफलबाट मात्रै पास गर्न खोजिएको भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए ।

‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि ३५ संशोधनकर्ताले संशोधन दर्ता गराएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : १५ बजे

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

 काठमाडौं- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

बजेट अभावमा रोकियो गैँडा गणना

 चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

 काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक– धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको